प्रधानमन्त्री देउवाको चाहनामा विवादकैबीच एमसीसी संसद्मा टेबल हुने

काठमाण्डाैं । विवादित अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विवादकै बीच संसद्मा टेबल हुने भएको छ । सत्ता गठबन्धनभित्रबाटै विरोध भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल हुने निश्चित भएको छ ।

प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर एमसीसी टेबल गर्ने कार्यसूची बनाउन आग्रहसमेत गरिसकेका छन् । सभामुख सापकोटाले आज ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले आज संसद् बैठक बस्नुअघि संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको जानकारी दिए ।

यसैबीच, एमसीसीका बारेमा पार्टीको धारणा बनाउन सत्तारूढ दल माओवादी केन्द्रले आज संसदीय दलको बैठक बोलाएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको ससदीय दलको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरिसकेको छ । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विरोध गरिरहेको र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध जारी राखिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन लागाएकाे हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.