कोरोना:भारतमा धेरैजसो प्रतिबन्ध हट्यो,नेपालमा आमसभा मेला मात्रै बन्द
भारतले कोरोना रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै भारतले प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो ।
सङ्क्रमण हुनेको सङ्ख्या र सङ्क्रमणदर दुवै घटेकाले आजदेखि सबै सरकारी तथा समुदायीक कार्यालय खुल्ने छन् । भारतको जनजीवन बिस्तारै पुरानै लयमा फर्किन लागेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालमा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली आइतवार मध्यरातदेखि हटेको छ।यस्तै स्वास्थ्य मापदण्ड अपनाएर फागुन १ गतेबाट विधालय तथा परीक्षाहरु सञ्चालनको अनुमति दिने पनि तयारी थालेकाे छ। तर, आमसभा, मेला, जुलुस, भेला, महोत्सवमा लगाइएको रोक भने यथावत छ।