नेपालमा आज अहिलेसम्मकै बढी काेराेना संक्रमित भेटिए
पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
२२ हजार आठ सय २८ जनामा नमूना परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।यो अवधिमा पाँच सय ६२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९४ दशमलव २ प्रतिशत रहेको छ । योसँगै मुलुकभर ३९ हजार ४४ जना सक्रिय संक्रमित छन् । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय २४ पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोनाको कारण एक जनाले ज्यान गुमाएका छन् ।
गत २४ घण्टामा थपिएका संक्रमितमध्ये तीन हजार ६४ जना युवायुवती छन् भने पाँच सय ७८ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका एक सय ५९ जना संक्रमित थपिएका छन् । तीन सय ५८ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।