फेसबुकको आइडी ह्याग गरि रकम मागी अनलाइन ठगी गर्ने एक युवक महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । उनले सर्वसाधारण देखि उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी उक्त आईडिको दुरुपयोग गरि आइडिमा भएका साथीहरुसंग नक्कली ब्यक्ती बनि कुरा गर्ने गरेको पाईएको छ ।
फेसबुकमा विभिन्न पहुँच बनाएपछि बिभिन्न बाहाना बनाई आफुलाई अर्जेन्ट समस्या परेको देखाई विश्वास दिलाइ बिभिन्न खातामा पैसा पठाउन लगाइ अनलाइन ठगी गरेको आरोपमा जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मंगलबारे घर भई हाल भक्तपुर गठ्ठाघरमा बस्ने १८ वर्षीय किरण पाठकलाई प्रहरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको बताएको छ ।