बेरोजगारी अन्त्यकालागि प्रचण्डका यस्ता छन् १० योजना
काठमाण्डाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी नेपालकाे बेराेजगारी समस्य हल गर्न सकिने बताएका छन् । उनले पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा बेरोजगारी अन्त्यकालागि १० याेजनाहरु यस प्रकार छन् ।
१) हरेक पालिकामा कम्तीमा ५० जना व्यक्ति संलग्न गरी अनिवार्य एक कृषि उद्यम ६ महिनाभित्र स्थापना गर्ने।
२) स्थानीय बजारलाई ध्यानमा राख्दै खाद्यान्न, तरकारी, नगदेवाली लागतका बजार सुहाउने उत्पादनमा जोड दिने।
३) ठूलो परिणाममा काम गर्न दुई वा दुई भन्दा बढी पालिकाले त्यस्ता उद्योग व्यवसाय सञ्चालन गर्ने।
४) जिल्ला तहमा पालिका स्तरका उद्यमीबिच समन्वय गराउने र बजार व्यवस्थामा सहयोग गर्ने।
५) जिल्ला स्तरबाट प्राविधिक सहयोगको व्यवस्था गर्ने।
६) पूर्वाधार निर्माणमा पालिका, जिल्ला र प्रदेशहरूको समन्वय गर्ने।
७) प्रदेशले जिल्लाबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग गर्ने अन्तर जिल्ला समन्वय गर्ने गराउने।
८) प्रदेशले कम्तीमा १०० जनालाई रोजगारी दिन गरी उद्योग स्थापना गर्ने।
९) केन्द्रमा केन्द्रीयस्तरको प्रशिक्षण केन्द्र, बजार व्यवस्था र उद्योग व्यवसाय पहिचान गर्ने।
१०) पार्टीका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा एक पटक स्थानीय जनसमुदायसँग बसेर काम गर्ने।