अपाङ्गता संगठन नेपालकाे केन्द्रीय सचिवमा भवानी ऐर निर्वाचित
चितवन । अपाङ्गता संगठन नेपालकाे सचिबमा भवानी ऐर निर्वाचित भएका छन् । मंसिर १८ देखि १९ गतेसम्म चितवनकाे भरतपुरमा चलेकाे संगठनकाे प्रथम राष्ट्रिय सम्मेलनबाट सुदूरपश्चिम प्रदेशकाे ईन्चार्ज सम्हाल्ने गरी केन्द्रीय सचिवमा निर्बिराेध निर्वाचित भएका हुन् ।
नेपाली अपाङ्गता भएका ब्यक्तिहरुकाे हकअधिकार र समाजमा पहुँचता प्रवर्द्धनमा कृयाशील सत्ता गठबन्धनकाे एक ठूलाे दल नेकपा (माओवादी केन्द्र) काे जनवर्गय संगठन अपाङ्गता संगठन नेपालकाे उक्त प्रथम राष्ट्रिय सम्मेलनकाे उद्धघाटन पूर्वप्रधानमन्त्री एवं गणतन्त्र नेपालका पिता मानिने पुष्पकमल दहाल प्रचण्डले गरेका थिए ।
उद्घाटनपछि चलेकाे बन्दसत्रले संगठनकाे विधान र सांगठनीक प्रतिबेदन पास गरेकाे सुदूरपश्चिमबाट सहभागी बलराम पन्तले जानकारी दिए । उनका अनुसार अध्यक्ष बरिष्ठ अपाध्यक्ष महासचिब र काेषाध्यक्ष बाहेक पदमा सर्वसहमति भएर ९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएकाे छ ।
सर्वसहमत नभएका पदाधिकारी केन्द्रीय समितिकाे बैठकवाट जिम्मेवारी दिइने भएकाे छ । केन्द्रीय समितिकाे बैठक आगामी महिनाकाे १७ गते काठमाण्डाैंकाे पेरिसडाँडामा बस्ने तय भएकाे छ ।
यस्तै केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशवाट नरदीप धामी पिङ्की ऐर दिपक खत्री ईश्वरा साउद गीता रावल निर्विराेध चयन भएका छन् । 