अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयकाे अपिल
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट नभेटिए पनि सचेत रहन आग्रह गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेकाे छ ।
मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गर्दै अपिलमा भनेकाे छ- ‘यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर पार्ने देखिएको छ,’ स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड-१९ विरुद्धको खोपले कोरोनाबाट बचाउन मद्दत गर्छ र पायक पर्ने ठाउँमा गई खोप लगाउनु हुन सबैमा अनुरोध छ ।’
आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको र सावधानी अपनाई यो भेरियन्टलाई नेपालमा प्रवेश हुन नदिन तीव्ररुपमा काम भइरहेको मन्त्रालयको दाबी छ ।