७२ यात्रु बाेकेकाे जहाज अवतरणका क्रममा स्यालसँग ठोक्किएपछि

धनगढी । काठमाण्डाैंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान स्यालसँग ठोक्किएको छ। प्रहरीका अनुसार एटिआर-७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो।

अवतरण क्रममा स्यालसँग ठक्कर खाए पनि विमान र यात्रु सकुशल रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

‘स्यालसँग ठोक्किए पनि विमान र यात्रु सकुसल छन्, विमानमा सामान्य क्षति भएको छ,’ अधिकारीले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.