नेशनल माईक्रोफाईन्स वित्तिय संस्थाद्वारा बाढी पीडित सदस्यहरुलाई रहात वितरण

बेलाैरी, कञ्चनपुर । नेशनल माईक्रोफान्स लघुवित्त वित्तिय संस्था लि. शाखा कायालय बेलौरी कञ्चनपुरले संस्थामा आवद्ध बाढी पीडित सदस्यहरुलाई एक कार्यक्रमबीच राहत साम्रगी हस्तारण गरेको छ । हालै परेको वर्षावाट कञ्चनपुर जिल्लामा वसोवास गर्ने संस्थामा आवद्ध सदस्यहरुलाई बर्षात र वाढीले  क्षति पुराएको आधारमा छनौट गरी चार दर्जनबढी घर धुरीलाई रहात सामाग्री वितरण गरेकाे शाखाका निमित्त प्रमुख शिवराज जाेशीले जानकारी दिए ।

स्थानीय जनप्रतिनिधि समाजसेवी नेपाल प्रहरी तथा शसस्त्र प्रहरी वल सञ्चारकर्मी लगायतकाे उपस्थितिमा रहात सहयाेग वितरण गरिएकाे थियाे । दोधारा चांदनी नगरपालिका वडा न. ९ र १० का ४९ घरधुरी तथा भिमदत्त नगरपालिका १६ पिपरिया वस्तीका ३१ घरधुरीलाई राहत साम्रगी हस्तारण गरिएको छ । नेपाल राष्ट्र बैकवाट मान्यता प्राप्त यो संस्था नेपालका विभिन्न स्थानमा १०० वटा शाखा कार्यालयमार्फत सेवा लघुवित्त सेवा प्रदान गरिरहेको यो संस्था कञ्चनपुरकाे बेलाैरीसँगै भिमदत्त, वेदकोट, झलारी तथा दोधारा चांदनी नगरपालिकामा आफ्नाे कार्यक्षेत्र बनाई विगत ६ वर्षदेखि बैकिङ्ग सेवा सञ्चालिन गरिरहेकाे छ । 

No description available.कर्जा सेवा,बचत सेवा, विमा सेवा तथा अन्य विविध प्रकारका सेवाहरु निरन्तर प्रदान गदै आईरहेको याे संस्था नेपालका प्रतिष्ठित ७ बटा बैक तथा देशका प्रभुत्व व्यत्तीहरुद्धारा सञचालित यस वित्तिय संस्थाले स्थापनाको ८ वर्षमै आप्नो विशिष्ट पहिचान वनाउन सफल भएको छ । नेशनल माईक्रोफाइनान्स वित्तिय संस्था लि.का निमित्त प्रमुख शिवराज जोशीका अनुसार संस्था ले असोज ३१ र कार्तिक १ र २ वाढी घरमा पसी भएको क्षति को आधारमा छनौट गरी दोधारा चांदनी नगरपालिका वडा न. ९ र १० का ४९ घरधुरी तथा भिमदत्त नगरपालिका १६ पिपरिया वस्ती का ३१ घरधुरीलाई राहत स्वरुप चामल, तेल, नुन दाल गरी रु १,८०,००० बराबरको साम्रगी हस्तारण गरिएको हो ।

स्थापना कालदेखि नै संस्था आवद्ध दुई छाक खान समस्या परेका सदस्यहरुलाई निरन्तर रुपमा सक्दो सहयोग गरिँदै आएको जनाइएको छ । राष्ट्रिय कार्यक्षेत्र भएको भएको नेपाल राष्ट्र बैकद्घारा स्वकिृत प्राप्त (घ) वर्गको नेशनल लघुवित्तले आफ्ना सदस्य हरुको संरक्षण मा ग्राहक संरक्षण कोष अन्र्तगत काजक्रिया खर्च, सुत्केरी खर्च, विभिन्न राहत सुविधा एवम् प्राकृतिक एवम् दैविक प्रकोपमा सदस्यहरुलाई राहत तथा सहयोग गदै आईरहेको छ । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म स्थापनाको छोटो अवधिमै शाखा सञ्जाल विस्तार गरी ग्राहक सदस्यको मन जित्न सफल भएको छ ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.