प्रधानमन्त्रीसमक्ष ‘डायमन्ड’को गुनासो: जाे भाईरछ यतिबेला, के भनेका थिए त्यस्ताे ?
धनगढी । हालै परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा पुर्याएको क्षतिबारे निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार गृह जिल्ला डडेल्धुराको परशुराम नगरपालिका पुगेका थिए। उनको हेलिकोप्टर नगरपालिकाको सैनिक ब्यारेगमा ल्यान्ड भएको थियो। प्रधानमन्त्री देउवाले त्यहाँका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयबाट बाढीपहिरोले पुर्याएको क्षतिबारे ब्रिफिङ लिएका थिए।
सोही कार्यक्रममा उपस्थित भएका नेकपा माओवादी केन्द्रका परशुराम नगर कमिटी अध्यक्ष शेरसिंह माल(डायमन्ड)ले प्रधानमन्त्रीकाे टीमसँग राखेकाे सुझाव गुनासाेका रुपमा यतिबेला भाईरल बनेकाे छ । जनताले अकल्पनिय धनजनकाे क्षति बेहारी रहेका बेला ठूलाे खर्च गरेर सरकार प्रमुख प्रधानमन्त्रीकाे टीम निरीक्षण मात्रै गर्न पुगेकाे पाएपछि सर्बत्र आलाेचना भईरहेका बेला नेता डायमण्डले के भने त्यस्ताे जाे सर्वसधारणले आफ्ना मनका कुरा सम्झेर समाजिक सञ्जालदेखि मिडियामा छाएका छन् ।
पटक–पटक जिल्लाले प्रधानमन्त्री पाएपनि विकास नभएको गुनासो गरेका थिए। ‘प्रधानमन्त्री ज्यू, बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर यहाँ पुग्नुभएको छ। पटकपटक यो क्षेत्र बाढीको चेपटामा परिरहेको छ’ उनले भने, ‘२०६२ सालमा शिर्षमा ३२ जनाको ज्यान गयो। तर, अहिलेसम्म पनि सरकारले बाढी पीडितको व्यवस्थान गर्न सकेको छैन।’
गत स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा झिनाे मतले पराजित भएका उनले जिल्लाबाट ५ पटक प्रधानमन्त्री भएकोप्रति गर्व गरिरहेको तर थुप्रै आशा पनि राखेको बताए। ‘बाहिर जिल्लामा जाँदा भन्छन् शेरबहादुर देउवाको जिल्ला त्यहाँ त धेरै ठूलो विकास भएको छ तर यहाँ गोरेटो बाटो छैन, यहाँ खानेपानी र सिँचाईको समस्या छन् ।’ अध्यक्ष मालले भने, ‘पञ्चायतकालमा महाकालीमा तारउतार हुने गरेको तर बहुदलपछि त्यो पनि बन्द भयो। अहिले यहाँका जनता उपचारका लागि महाकाली तरेर भारतको टनकपुर जान्छन्। सम्पूर्ण विकासका क्रुरा अहिले सम्बोधन नगरे गर्ने कहिले।’
प्रधानमन्त्री समक्ष यत्ति भनेकाे उनकाे भिडियाे सर्बत्र फैलिएकाे छ । सत्य यही हाे, सत्य कुरा तिताे भएपनि यथार्थ जनताकाे माग बाेलेकाले उनकाे भनाई भाईरल भएकाे हुनुपर्छ । स्थानीय एक काँग्रेस नेताले नाम नलेखिदिने सर्तमा स्वीकारेका छन् । आफ्नो माग राखेपछि अध्यक्ष शेरसिंह मालले नगरकमिटीको तर्फबाट प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेलाई छुट्टा–छुट्टै ज्ञापनपत्र बुझाएका थिए।
https://www.facebook.com/100006538486711/videos/403189977967093/