बलात्कारमा फसाइदिन्छु भन्दै ५० लाख रुपैयाँ माग्ने ३ महिला पक्राउ

काठमाडौं । बलात्कारको उजुरी दिन्छु भनेर ५० लाख रुपैयाँ माग्ने ३ महिलालाई दाङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियार रहेका छन्।

गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

उनीहरुले एक पुरुषलाई  रेष्टुरेष्टमा कुरा गर्नु छ भनी बोलाएर बलात्कार उजुरी दिन्छु भन्दै रकम मागेको प्रहरीले बताएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.