तीजको नाच हेर्न गएकी किशोरीमाथि तीनजनाले बलात्कार गरेपछि…

दाङमा तीजको नाच हेर्ने गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ७ मा तीजको नाच हेर्न गएकी १७ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको हो।

ती किशोरी २३ गते बुधबार राती तीजको नाच हेरेर फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा तीन जनाको समुहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीको टोलीले बलात्कार गर्ने तिनै जनालाई नियन्त्रणमा लिएको र उनीहरुको नाम भने सार्वजनीक नगरेको एसपि काफ्लेले जनाए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.