गृहजिल्लाको क्रियाशील विवाद समाधान गर्न देउवालाई निधिको आग्रह

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आग्रह गरेका छन् ।

उनले सभापति देउवालाई पत्र लेख्दै डडेल्धुरामा देखिएको क्रियाशील सदस्यता विवाद समाधानपछि मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

‘ विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु,’ निधिको पत्रमा उल्लेख छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.