अखिल क्रान्तिकारी डाेटीकाे अध्यक्षमा प्रकाश जाेशी निर्वाचित
डाेटी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) डोटीको अध्यक्षमा प्रकाश जाेशी निर्वाचित भएका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) डोटीको ७औँ जिल्ला सम्मेलनबाट अध्यक्ष जैशी सहित ४५ सदस्यीय जिल्ला कमिटी सर्व सहमत चयन भएको छ ।
समितिको उपाध्यक्षमा किरण अधिकारी, सचिव महेश चुनारा सह–सचिव मानबहादुर कुँवर, दिपा साउद दलबहादुर साउद, योगेन्द्र भट्ट, हर्क कोली र कोषाध्यक्षमा लक्ष्मी भट्टराई सहित ४५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दीपेश पुन, नेपाल कम्युनिस्ट पार्टी डोटीका संयोजक जङ्ग बिक ‘शैलेन्द्र’, प्रदेश कमिटी सदस्यहरू कमलबहादुर गड्सिला, भरत बोहरा योगेन्द्र, खगेन्द्र बहादुर साउद, मुख्यमन्त्रीका स्वकीय सचिब प्रेमवहादुर कुँवर, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का सुदूरपश्चिम प्रदेश संयोजक मदन भुल तथा पूर्व विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।
