कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना गरिने
सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो। प्रस्तावअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ। कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन्।
त्यसपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ।