दशैंअघि नै कक्षा १२ को परीक्षा, यस्ताे छ तालिका ?
काठमाडौं। कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरिने बताए।
‘परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने छ ।’ उनले भने ‘सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं ।’
उनले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिए।
सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय गरेर चार दिन अघिदेखि विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ ।