धनगढीमा काेराेनाबिरुद्धकाे खाेप स्थगित
धनगढी । धनगढी उपमहानगरमा काेराेना बिरुद्धकाे खाेप लगाउने कार्य स्थगित भएकाे छ । उपमहानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै आफुलाई प्राप्त भेराेसेल खाेपकाे मात्रा सिद्दिएकाले खाेप लगाउने कार्य स्थगित गरिएकाे जनाएकाे छ ।
उपमहानगरपालिकाले यही १८ गतेदेखि पुन काेभिड बिरुद्धकाे अमेरीकी जाेन्सन खाेप लगाइने उल्लेख गरेकाे छ ।
यसअघि स्वास्थ्य सेवा विभागको निर्देशन पालना नहुँदा खोपमा ठूलाबडा र पहुँच हुनेहरुको रजाइँ भएकाे र लक्षित समूह दिनभर लाइन बसेर घर फर्किनु परेकाे गुनासाे आईरहेका थिए । 