कुटपिटको घटनामा पक्राउ परेका व्यक्ति प्रहरीको नाक र कान टोकेर फरार
भारतको उत्तर प्रदेशमा कुटपिटको घटनामा पक्राउ परेका एक व्यक्ति प्रहरीको नाक र कान टोकेर फरार भएका छन्। हालै फिरोजाबादको नारखी क्षेत्रमा दुई पक्षबीच कुटपिट भएको थियो। सोही घटनाका एक आरोपीलाई पक्राउ गरेर एक प्रहरी कार्यालय जाँदै थिए।
सोही क्रममा टिल्लू नाम गरेका आरोपी व्यक्तिले प्रहरी सन्दीपको नाक र काट टोकेर उनलाई घाइते बनाएको लाइभ हिन्दुस्तानले जनाएको छ।
हाल फरार आरोपीलाई प्रहरीले खोजी रहेको छ। प्रहरी भने उपचारपछि घर फर्किएका छन्।