धनगढी । अपाङ्गता भएका ब्यक्तिहरुकाे हक अधिकारकाे वकालत गर्दै उनीहरुकाे जीवनयापनमा सहजता गराउन कार्यरत संस्था अपाङ्गता सहायता प्रतिष्ठान नेपालकाे दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ । कैलालीकाे धनगढीमा केन्द्रिय कार्यालय रहेकाे साे प्रतिष्ठान विगत ७ बर्षदेखि अपाङ्गता क्षेत्रमा कार्यरत छ ।
प्रतिष्ठानकाे आज सम्पन्न छैटाैं बार्षिक सधारणसभा तथा दाेस्राे अधिवेशनले गणेश सिंह धामीकाे अध्यक्षातामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले निर्वाचित गरेकाे हाे । जस्काे उपाध्यक्षमा मञ्जु चाैधरी, सचिवमा हरी नाथ, सहसचिवमा बिमला अधिकारी र काेषाध्यक्षमा भीम बहादुर सिंह रहेका छन् ।
यस्तै सदस्यहरुमा प्रेमराज जाेशी, मानवहादुर बस्नेत, पिङ्की पडाल, विना चाैधरी, श्याम सुवेदी र युवराज भण्डारी रहेका छन् । अधिवेशनले निवर्तमान तथा संस्थापक अध्यक्ष भवानी सिंह ऐर लाई कार्यक्रम महानिर्देशकमा चयन गरेकाे नव निर्वाचित अध्यक्ष गणेश धामीले जानकारी दिए ।
यसअघि अधिवेशनकाे उद्घाटन कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका २ नम्बर वडाअध्यक्ष एवं अपाङ्गता अधिकारकर्मी धर्मराज ओझाले संस्थाका निवर्तमान अध्यक्ष भवानी ऐरकाे कामकाे सरहना गर्दै अपाङ्गता क्षेत्रमा सधैब साथ सहयाेग रहने बताए । यस्तै बिशिष्ठ अतिथि ३ नम्बर वडाअध्यक्ष राजबहादुर ऐरले स्थानीय सरकार र वडा जनप्रतिनिधिकाे हैसियतले अपाङ्गता क्षेत्र र नेतृत्वसँगकाे सहकार्यमा आफु अभिभावकत्वकाे जिम्मेवारी दिइरहने बताएका थिए ।