डडेल्धुरा । डडेल्धुरा जिल्लाकाे पर्शुराममा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएकाे जनाकारी अनुसार परशुराम नगरपालिका-६ छेलास्थित बा०२-०२२ प २१४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक भुपेन्द्र भट्ट गम्भिर घाईते भएका थिए। भुपेन्द्रलाई उपचारको लागि जोगबुढा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हाे ।
यस्तै मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २० वर्षीय सिद्धराज भट्ट घाइते भएका छन्। सिद्धराजलाई जोगबुढा अस्पताल जोगबुढा हुँदै थप उपचारको लागि धनगढी रिफर गरेको डडेल्धुरा प्रहरीले जनाएको छ।