एमाले डडेल्धुराको नेतृत्वमा एनजिओकर्मीदेखि पत्रकार

डडेल्धुरा । नेकपा एमाले डडेल्धुराको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । परशुराममा मंगलबार साँझ सम्पन्न भएको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो।

जिल्ला अध्यक्षमा गजेन्द्र शाही चयन भएका छन् । जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव महिलामा इन्द्रिरा ताम्राकार, उपसचिवमा प्रकाशसिंह बोहरा निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उनका अनुसार लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन्। ८१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो।

जसमा एनजिओ कर्मी ब्यापारीदेखि पत्रकार रहेका छन् । अमरगढी एफएमका स्टेसन मेनेजर पत्रकार लोकेन्द्र ओझा लेखा समिति सचिव र पत्रकार महासंघ डडेलधुराका निवर्तमान अध्यक्ष मानबहादुर सउदलाई खुल्ला सदस्य निर्बाचित गरिएको छ।  

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.