बलराम उपाध्याय
श्रमजीवी सर्बहारा बर्गको अधिनायकत्व स्थापना गरि समाजवादको लक्ष्यमा पुग्ने उद्देश्यबाट गठित कम्युनिस्ट पार्टीको उमेर सात दशक कटिसकेको छ। सत्तामा भन्दा आन्दोलन र क्रान्तिमा रमाउने कम्युनिस्टहरु बैचारिक एकता रहदा महान नेता र बैचारिक भिन्नता देखिदा एकले अर्कोलाई गद्दारको उपमा दिने र कम्युनिस्ट पुच्छर जोडेर अर्को नामाकरण गर्दै छुट्टिने गर्दै कहिले फुट्ने कहिले जुट्ने गर्दै यो ब्यबस्थासम्म आइ पुगेका नेपालका कम्युनिस्ट पार्टीहरुले अनेकौं आरोह अवरोह पार गर्दै आए।
भुमिगत जिवनदेखि जेल जीवन, धर पकड, गोलि डण्डा मात्रै हैन टाउकाको मुल्य समेत तोकिएको चरम संकटकालिन अवस्थालाई समेत झेल्न बाध्य भए। कसैकसैलाइ लाग्दो हो!यो आजको संघीय लोकतान्त्रिक ब्यबस्था सजिलैसँग प्राप्त भयो।यहाँ कसैको त्याग र बलिदानि को के अर्थ ? किन र केको लागि? तर, धेरै ठुलो संघर्ष र बलिदान को उपज हो यो ब्यवस्था। नेपाल का जसले आफुलाइ पुजीवादी भन्न रुचाउने दल र समाजवादी भन्न रुचाउने दलहरुको सामुहिक प्रयासबाट यहाँसम्म आइपुगेको कुरा सत्य हो।
विशेषगरि नेपालमा कम्युनिस्ट पार्टी प्रतिको जनबिश्वास र भरोसा कमजोर छैन। टुटफुट र बिभाजनको कारण कसै न कसैको सहाराले सरकार संचालन गर्नु, आफ्नैलाई धारे हात हान्दै गालि गर्नु, माक्सवाद, माओवाद जस्ता बादहरुको सुवा रटाइ गर्नु, पार्टी एकता बिभाजन, पुनः बिभाजन र एकतामा रुमल्लिनु आदि समस्याले गर्दा शुसासन दिन नसक्नु मुख्य कारण हो।
जसरि आफुलाइ अब्बल क्रान्तिकारी देखाउन आन्दोलन र क्रान्तिमा चिप्ला भाषण गर्दै जनताहरु लाई संगठित गर्दै जनताका माग र मुद्दाहरु राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गरे पार्टीलाई बलियो बनाए र जनमतको माध्यमबाट सरकारमा पुगे, अनि शुरु भयो ओरालो यात्रा । नेपालको राज्य संयन्त्र, विश्व भू- मंडलीकरणको जबर्जस्त दवाब र प्रभाव, आन्तरिक र बाह्य तत्त्वलाई ब्यबस्थापन गर्न नसक्नु, जडता मा अडिनु अर्थात आफुलाइ समय र परिस्थिति अनुसार रुपान्तरण गर्न नसक्नु, अन्तर्राष्ट्रिय राजनीतिमा भएको फेरबदलमा चनाखो हुन नसक्नु अर्को समस्या कम्युनिस्ट पार्टीमा रहेको देखिन्छ।
यसै क्रममा म नेपाल का दुइटा ठुला कम्युनिस्ट पार्टीको बारेमा छोटो चर्चा गर्न चाहन्छु । चिनमा माओले गरेको क्रान्तिबाट प्रभावित भइ गाउँबाट शहर घेर्ने, जनसत्ता गठन गरि जनसेना निर्माण गर्दै राज्य सत्ता कब्जा गर्ने योजना सहित २०४८ सालमा दीर्घकालीन जनयुद्धको रणनीति र कार्यनीति लिइ मालेमा वादको मार्गदर्शक सिद्धान्त पारित गर्दै २०५२ बाट जनयुद्धको शुरुआत गर्दै अघिबढेको माओवादी आन्दोलन १२ बुदे सहमति र बृस्तित शान्ति सम्झौतामा आएर रोकियो। यसले जनतामा एक प्रकारको आसा पलायो। जनता ले २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सबभन्दा ठुलो पार्टीको रूपमा निर्बाचित गराए।
जनताको माझमा गरेका बाचा र प्रतिबद्धता पुरा गर्न अथवा बोलि र व्यबहारमा एकरूपता नदेखिए पछि यस पार्टीपर्ति जनताहरु रिसाए। युद्धकालिन पार्टीको संगठनिक संरचना युद्धकालिन कार्य शैलीले संसदिय ब्यबस्थामा काम गर्न सकेन। नेतृत्व को कार्यशैलीमा पनि खाशै परिवर्तन देखिदैन। माओवादी कै नीति र योजनामा देश अगाडी बढिरहेको छ तर, माओवादीको जनमत घट्दो छ। नयाँ पिढिले खोजेको बिकास र योजनामा अघि बड्दै देशमै रोजगारी शृजना गर्ने र जनताको माग र चाहना अनुसार अघि बढ्ने आफ्नो पार्टीको आन्तरिक संरचना र कार्यशैलीमा ब्यापक परिबर्तन गरि नयाँ निति र योजना ल्याएर अघि बढे मात्रै माओवादी मजबुत हुन्छ जस्तो मलाई लाग्छ।
माले र माक्सवादी मिलेर बनेको नेकपा एमाले २०४९ सालबाट जनताको बहुदलीय जनवादको सिद्धान्त मानेर माक्सवाद र लेलिनवादलाई मार्गदर्शक लिएर जनताको अभिमतमार्फत अघि बढेको लोकप्रिय कम्युनिस्ट पार्टीको रूपमा स्थापित छ।२०५१ सालको अल्पमतको सरकार जुन मनमोहन अधिकारिको नेतृत्वमा बनेको थियो, जसले आफ्नो गाउँ आफै बनाऔं भन्ने नारा मार्फत अत्यन्तै लोकप्रीयता हासिल गर्न सफल भयो पनि।
मजबुत संगठन भएको पार्टीको रुपमा स्थापित एमाले निर्वाचन मार्फत जनतालाई बिकास र सुसासन दिएर समाजवाद सम्मको यात्रामा हिडेको देखिन्छ। चुनावमा जाने चुनाव जित्ने र जनताको पक्षमा काम गर्ने। जबज भनेको यहि हो । यतिले अहिलेको प्राप्त उपलब्धि को रक्षा गर्दै आगामी समाजवादको यात्रा तय हुन्छ त ? एमाले पार्टीमा नयाँ बसह हुन जरुरी छ। के नयाँ पुस्ताले यो कुरामा चित्त बुझाउछ्न त ? बिभाजित कम्युनिस्ट आन्दोलनलाई एकिकृत गर्दै बृहत कम्युनिस्ट पार्टी निर्माण गर्न सकिन्छ त ? एमालेले पनि नयाँ निति कार्यक्रम र योजना पार्टीमा ल्याउन जरुरी छ। हैन भने एमालेले पनि अपेक्षित उपलब्धि हासिल गर्न सक्छ जस्तो मलाई लाग्दैन ।
एमाले र माओवादी जो ठुला कम्युनिस्ट पार्टीको रूपमा स्थापित छन् यि दुबै पार्टीहरुले दम्भ र घमण्ड न गरि गहिरोआत्म समिक्षा गर्दै आगामी एकताको बाटो तय गर्नुपर्छ। अब भासण र आश्वासनले जनता पत्याउनेवाला छैनन् । उहि नीति उहि नेतृत्व, उहि शैलि उहि स्वभाव यसबाट न जनताको मन जित्न सकिन्छ न कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ।
अब जनताको इच्छा, बिपरित जाने छुट कसैलाई छैन र जान पनि सक्दैनन् । श्रममा बिश्वास गरौ श्रमिकको सम्मान गरौं, उत्पादनमा वृद्धि गरौं, रोजगारी सृजना गरौं । युवा पलाएन रोकौ। आन्दोलन र क्रान्ति मा गरेको बाचा र प्रतिबद्धता सम्झिदै सतहि हैन बस्तुगत तरिकाले देश र जनतासित एकाकार गरौं, अनि पो जनताको बिच मा बाडेका सपना पुरा गर्न सकिन्छ र जनताको साथ समर्थन पाइन्छ । अन्यथा असफलताको यात्रामा कम्युनिस्ट आन्दोलन । आन्दोलन र क्रान्तिका कुराले जनता पत्याउने अवस्था देखिदैन। गम्भीर समिक्षा गरौं र एकता बद्ध बनौ।
धन्यवाद