Dashain Suvakamana

खेल र खेलाडीको प्रबर्द्धनमा प्रतिबद्ध रहेको सामाजिक विकासमन्त्री साउँदको घोषणा

Ajai

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले खेल र खेलाडीको प्रबर्द्धनमा प्रतिबद्ध रहेको वताएका छन्। यहि प्रतिबद्धता अनुरुप प्रदेश सरकारले खेलकूदको उद्गमस्थल कन्चनपुरमा १८ करोडको लागतमा बहुउद्देश्यीय कबर्डहल बनाउन थालेको भन्दै मन्त्री साउँदले आगामी वर्ष कबर्ड हलभित्र नै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका भलिबल प्रतियोगिता गर्ने घोषणा गरेका हुन् ।

सुदूरपश्चिम खेलकूद परिषद्का अध्यक्ष समेत रहेका मन्त्री साउँदले आइतबार कन्चनपुरको खुला मञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता उद्घाटन समारोहमा कबर्ड हलभित्र प्रतियोगिता गर्ने घोषणा गरेका हुन् । सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको सहकार्य र व्यवस्थापनमा आइतबारदेखि खुला मञ्चमा प्रतियोगिता गरेको छ ।

May be an image of 7 people and people playing footballप्रतियोगितामा विशिष्ठ अतिथिका रुपमा सहभागी मन्त्री साउँदले कबर्ड हलमा १३ करोड लगानीमा बहुउद्देश्यीय कबर्ड हल निर्माण भई रहेको र त्यसमा प्रतियोगिता गर्ने बताएका हुन् । ‘म जानकारी गराउन चाहन्छु, कबर्ड हलमा १३ करोड लगानीमा कबर्ड हल निर्माण भई रहेको छ। आधा भन्दा बढी निर्माण भइ सकेको छ’ उद्घाटन समारोहमा उनले भने,‘अर्को वर्ष कबर्ड हलभित्र प्रतियोगिता आयोजना गर्छौ।’

यस अघिका दुई संस्करण लगातार कैलालीको धनगढीमा आयोजना गरिएका थिए। ती दुई प्रतियोगितामध्ये गत वर्ष कबर्ड हलभित्र आयोजना गरिएको थियो । उद्घाटन समारोहमा मन्त्री साउँदले मन्तव्य राख्न अघि कोशी खेलकूद परिषदका सदस्य सचिव हंशराज बाग्लेले मन्त्रीलाई कबर्ड हलभित्र प्रतियोगिता आयोजनाका लागि पहलकदमी लिन आग्रह गरेका थिए ।

उनले दुबै मन्त्रीको नाम लिएर भलिबललाई कबर्डभित्र गराउनुका लागि पूर्वाधार निर्माण लगायतका कार्य पहल गर्न आग्रह गरे । ‘एनपी दाई र मन्त्रीज्यूले अर्को वर्ष चाहिँ कबर्ड हलभित्र खेल खेल्ने वातावरण बनाउनु हुनेछ’ बाग्लेले भने,‘यो भलिबल विश्वमा कही पनि यसरी खुला ठाउँमा खेलिदैन, कबर्ड हलमा खेलाउनु पर्छ ।’May be an image of 6 people, temple and text

फोटो : चन्द्रबहादुर भण्डारी, मन्त्री साउदको सचिवालय।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.