Dashain Suvakamana

प्रेस सेन्टर नेपालको २० औ स्थापना दिवसका कार्यक्रम सुरु

Ajai

वीरगञ्ज। प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेश प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ । प्रेस सेन्टर नेपालको पर्साको वीरगञ्जमा जारी राष्ट्रिय परिषद् बैठक  वीरगञ्जको नगर सभा गृहमा केन्द्रीय समितिको बैठक सुरु भएको हो । 

बैठकमा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहेको र कार्यक्रमको अन्तिम दिन माघ १५ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यक्रममा सम्बोधन गर्नु हुने कार्यक्रम छ । 

प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसका अवसरमा माघ १५ गते बिहान ८ बजेदेखि १ बजेसम्म प्रभातफेरीसहित वीरगञ्जको नगर सभा गृहमा स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम राखिको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष गौतमले जानकारी दिए । 

प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी, विभिन्न समिति र उप समिति सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला, एशोसियटलगायतका कमिटीका अध्यक्ष तथा प्रदेश पदाधिकारीहरुको कार्यक्रममा सहभागिता रहने र १५ गतेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा मन्त्री शक्ति बस्नेत लगायतको सहभागी हुने कार्यक्रम तय भएको छ ।

माघ १३ गतेदेखि जारी प्रेस सेन्टर नेपालको राष्ट्रिय परिषद् बैठक एवम २० औं स्थापना दिवसको कार्यक्रम १५ गते सम्पन्न हुने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.