Dashain Suvakamana

सुदूरपश्चिमका अधिकांश स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा चालु आर्थिक वर्षको हालसम्म ६ सय ५२ वटा उजुरी दर्ता भएका छन्। अधिकांश उजुरी स्थानीय तहका पूर्वाधार निर्माणसँग सम्बन्धित छन्।

गत आर्थिक वर्षमा एक हजार २ सय ७३ उजुरी परेका थिए। अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ६ सय ७९ सहित गत आर्थिक वर्षमा एक हजार ९५२ उजुरी थिए। तीमध्ये १ हजार २ सय ३५ वटाको टुंगो लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी बसन्तबहादुर शाही बताए। स्थानीय तहहरुमा अनियमिताको आरोपसँगै अख्तियारमा उजुरी पर्ने क्रम बढेको हो।

डडेल्धुराको अमरगढी नगरपालिकामा विकास निर्माणदेखि खरिद प्रक्रियासम्ममा भ्रष्टाचार भएको भन्दै एक वर्षभित्रै अख्तियारमा २७ वटा उजुरी परेका छन्। कर्मचारी भर्ना अपारदर्शी भएको र सामान खरिद गर्दा बढी मूल्यको बिल बनाएर भ्रष्टाचार गरेको आरोप उजुरीकर्ताले लगाएका छन्। अमरगढीमा मात्र नभएर डडेल्धुराका ७ वटै स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी छन्। 

महालेखा परीक्षकको ६० औं प्रतिवेदनले समेत सबैभन्दा बढी बेरुजु स्थानीय तहमै रहेको देखाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.