यी हुन् राष्ट्रियसभा सदस्यमा निर्वाचित उम्मेदवार

धनगढी। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ ।  सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयहरूबाट मतगणनाको नतिजाअनुसार अन्तिम नतिजा प्रकाशित गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनकाअनुसार कोशी प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला कूल ५२९२ मतभार प्राप्त गरी निर्वाचित भएका छन् । महिला समूहतर्फ नेकपा एमालेकी रुकमिणी कोइराला कूल ५०८६ मतभार प्राप्त गरी निर्वाचित भएकी छन् । मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी कूल ७९२३ मतभार प्राप्त गरी विजयी हुँदा मधेश प्रदेशको अन्य समूहतर्फ काँग्रेसका आनन्दप्रसाद ढुंगाना कूल ७३७० मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

यसैगरी बागमती प्रदेशमा रिक्त चार समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ काँग्रेसकी बिष्णुदेवी पुडासैनी कूल ६६२२ मतभार, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का घनश्याम रिजाल कूल ६५१२ मतभार र अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का श्रीकृष्णप्रसाद अधिकारीले  कूल ६३८३ मतभार तथा अन्य समूहतर्फ काँग्रेसका जितजगं बस्नेत ६५३१ मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा कूल ३६६० मतभार प्राप्त गरी निर्वाचित हुँदा अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ काँग्रेसका पदमबहादुर परियार ३७७४ मतभार तथा अन्य समुदायतर्फ काँग्रेसकै किरणबाबु श्रेष्ठ कूल ३८०८ मतभार प्राप्त गरी निर्वाचित भएको शर्माले जानकारी दिए ।

यसैगरी लुम्बिनी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ  काँग्रेसकी विष्ण्कुमारी सापकोटा कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित भइन् । यसैगरी लुम्विनी प्रदेशकै अन्य समूहतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित भए ।

यसैगरी कर्णाली प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल कूल ३७२२  मतभार प्राप्त गरी निर्वाचित हुँदा त समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा कूल ३८१७ मतभार तथा अन्य समूहतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया कूल ३८७० मतभार प्राप्त गरी निर्वाचित भए ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फमाओवादी केन्द्रकी  रेनु चन्द कूल ४४५३ मतभार प्राप्त गरी निर्वाचित भइन् । यसैगरी  अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ कांग्नारेसका रायणदत्त भट्ट कूल ४४१९  मतभार तथा अन्य समूहतर्फका नेपाली काँग्रेसका बलदेव बोहरा कूल ४३२८ मतभार प्राप्त गरी निर्वाचित भए ।

नवनिर्वाचित १९ राष्ट्रियसभा सदस्यहरुले फागुन २० पछि आफ्नो काम थाल्नेछन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.