Dashain Suvakamana

खाद्य प्रविधि तथा गुण नियन्त्रणद्वारा एकहजार बढी खाद्य नमुना विश्लेषण

Ajai

धनगढी। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले छ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक हजार १५३ वटा खाद्य तथा दाना नमुनाहरूको विश्लेषण गरेको छ । सो कार्यालयले प्रगति विवरण सार्वजनिक गर्दै छ महिनाको अवधिमा सो सङ्ख्यामा आद्य तथा दाना नमुनाको विश्लेषण गरेको जनाएको हो ।

दोस्रो त्रैमासिकमामात्रै खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नवीकरणका लागि सङ्कलित १२७, अनुरोध भई आएका १६, बजार अनुगमनबाट सङ्कलित २० र अनुसन्धानात्मक १२४ गरी जम्मा २८७ नमुना विश्लेषण गरेको प्रमुख हरिसिंह बोहराले जानकारी दिए। यस्तै, आधा वर्षको अवधिमा खाद्यले १० वटा प्रतिकूल नमुना उपर मुद्दा दायर गरेको छ ।

कैलालीमा दुई, कञ्चनपुरमा पाँच, कैलाली जिल्ला अदालतमा दुई र कञ्चनपुर जिल्ला अदालतमा एक वटा मुद्दा दायर गरेको जनाइएको छ । दोस्रो त्रैमासिकमा खाद्यले ५९ पटक खाद्य बजार, ३८ पटक खाद्य उद्योग र ४६ पटक होटल रेस्टुरेन्ट अनुगमन गरेको छ । यसैगरी, छ महिनाको अवधिमा १४७ वटा खाद्य तथा दाना नमुना सङ्कलन गरिएको छ । 

चालु आर्थिक वर्षको हालसम्म खाद्यले नमुना विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नवीकरण र सिफारिस दस्तुर बाफत दुई लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.