Dashain Suvakamana

नरेनको शतकका बावजुद मधेससँग सुदूरपश्चिमको हार

Ajai

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत दुई शतक बनेको खेलमा सुदुरपश्चिममाथि मधेस प्रदेशले ८० रनको जित हात पारेको छ। यससँगै सुदूरपश्चिमको अपराजित यात्रा समाप्त भएको छ। 

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले दिएको ३२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमा अलआउट भयो।सुदूरपश्चिमका लागि नरेन भट्टले शतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले १२१ रन जोड्ने क्रममा १२२ बलमा १३ चौका र १ छक्का प्रहार गरे। सुदूरका अरु ब्याटर चल्न सकेनन्।

बलिङमा सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए। उनले १० ओभरमा ६५ रन खर्चिए। विकास अग्रीले २ विकेट लिँदा नारायण जोशी र गजेन्द्र बोहराले १-१ विकेट लिए। जितसँगै मधेसले शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अंक बराबरी गरेको छ। शीर्ष स्थानको पुलिस, दोस्रो स्थानको बागमती र तेस्रो स्थानको मधेसको समान ८-८ अंक छ। सुदूरपश्चिम ६ अंक जोड्दै चौथो स्थानमा छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.