अत्तरियामा तनाव, दोहरो झडपको सम्भावना बढ्दै

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका कार्यालय नेकपा (एमाले) विहानैदेखि नाराबाजी गर्दै घेराउ गरेपछि तनाव सिर्जना भैइरहेको छ । आज बिहीवार नगरप्रमुख बिरेन्द्र भट्टले भवन उद्घाटन गर्न खोजेपछि तनाव सिर्जना भएको हो ।

निर्माण सम्पन्न नहुँदै यसअघि २०७८ चैत १४ गते एमालेबाट निर्वाचित तत्कालिन नगरप्रमुख हरीसिंह साउँदले उद्घाटन गरेको उक्त प्रशासनीक भवनको काँग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले फेरी उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो ।
प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको छ । यो समाचार तयार पार्दासम्म हातमा कालो रिवनसहित एमाले कार्यकर्ता नारा जुलुसमा छन् भने प्रहरीले शान्त रहन आग्रह गरीरहेको छ ।

एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिदै विरोध जनाउँदै नगरपालिका कार्यालय घेराउ गरेको हो । एमाले नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले बल प्रयोग गरी भवन उद्घाटन गरिए त्यसपछि आउन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी नगर प्रमुखले लिनुपर्ने बताए ।

यता, भवन निर्माण सम्पन्न भएर सहयोगी दाताबाट हस्तान्तरण नहुँदै उद्घाटन गरिएकाले सो उद्घाटन वैध नभएको भन्दै एमाले बाहेकका छ राजनीतिक दलले बिरोध जनाएको स्मरण गराउदै हालका नगरप्रमुख भट्ट भवन निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएकाले उद्घाटन गर्नुपरेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले भवन उद्घाटनको विषयलाई लिएर विवाद सिर्जना भएको बताउदै प्रहरी चनासो भएर खटिएको बताउनुभयो । उहाँकाअनुसार नेकपा एमाले निकट नेता, कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.