अत्तरिया दोहरी साँझमा कुटपिट हुँदा देउवाको मृत्यु

धनगढी। कैलालीको अत्तरिया बजारमा रहेको न्यु सत्कार दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ। २५ गते बुधवार राती   भएको कुटपिटमा परि गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। 

घाईते अवस्थामा भेटिएका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए। गम्भीर चोट लागेका उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटनाबारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए। अहिले मृतकको शव धनगढी स्थीत सेती प्रादेशिक अस्पतालमा राखिएको छ। देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो। कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

अनुसन्धानका लागि शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएका छन्। पक्राउ पर्नेमा २७ बर्षिय विनोद शाह, २४ बर्षिय प्रकाश ओली, २५ बर्षिय उमेश बडैला, २८ बर्षिय यज्ञ बिक, ३८ बर्षिय राम बहादुर ऐर, २८ बर्षिय टेक बहादुर नायक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.