धनगढी पार्कमा रात्रिकालीन बजार खोल्न डिपिआर तयार

धनगढी। धनगढीमा रहेको दशरथ भीम (यसअघि बिरेन्द्र ऐश्वर्य) उधान पार्कमा अब रात्रिकालीन बजार खोल्न डिपिआर तयार छ। पार्कलाई स्तरीय तथा आधुनिक बनाउन धनगढी उपमहानगरपालिकाले डिपिआर तयार परेको हो। उद्यानमार्फत धनगढीमा आउने पर्यटकको सङ्ख्या बढाउने उपमहानगरको लक्ष्य छ । 

धनगढी उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपिआर तयार गरेको धनगढी उपमहानगरका इन्जिनियर द्विजराज भट्टले जानकारी दिए। उनकाअनुसार उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय (स्टार्ट अफ बिजनेस) गरेर आयआर्जन गर्न सक्ने छन्  ।  

भीम उद्यान निर्माणका लागि सुरुमा ३६ करोड रुपियाँ बजेट आवश्यक पर्ने देखिएको छ, आवश्यकता अनुसार बजेट थपिने भट्टले बताए । सङ्घीय सरकारको सहरी विकास कोष तथा नगर विकास कोषको ऋणमा उद्यान निर्माण गर्ने योजनामा धनगढी उपमहानगरपालिका छ ।दशरथ भीम उद्यानमा छुट्टाछुट्टै ज्येष्ठ नागरिक पार्क, बालबालिका पार्क, युवा पार्क, म्युजिक फाउन्टेन र लेजर सो सभा, सेमिनार सञ्चालन गर्न हल, पानीको फोहरा र फुड बजार रहने इन्जिनियर भट्टको भनाई छ।

उद्यानमा सुदूरपश्चिमका सामाजिक तथा धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार पाइने छन् । साथै सुपको वेशभूषा, संस्कृति चिनाउने भिडियो र तस्बिरहरू प्रत्येक साँझ प्रस्तुति गरिने बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.