नेपालका ७ जनामा कोरनाको खतरानाक भाइरस पुष्टि, सचेत रहन आग्रह

कोभिड – १९ सङ्क्रमणको खतरनाक भाइरस मानिने ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. १ नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो ।

प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन. १  नेपालमा पहिलो पटक पुष्टि भएको छ ।

हाल विश्वका केही देशहरुमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन. १ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको छ ।

कोभिड–१९ को नयाँ सब–भेरियन्ट जेएन. १ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्नुहुन साथै, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध मन्त्रालयले अनुरोध गरेको छ ।

सङ्क्रमण र सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि हामी सबै जनस्वास्थ्यको मापदण्डहरू ( भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुन पानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैमा अपिल गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.