ब्राउन सुगरसहित धनगढीबाट दुई महिला पक्राउ

धनगढी। ब्राउन सुगरसहित दुई महिलालाई धनगढी भन्सारबाट पक्राउ गरिएको छ। बुधवार त्रिनगर प्रहरी चौकीको टोलीले २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्टलाई पक्राउ गरेको हो।

प्रहरीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरू मध्ये रिया बिष्टको साथबाट खैरो हिरोईन फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बिष्टको साथबाट दुई सय ग्राम खैरो हिरोईन बरामद भएको बताए।

यहाँ प्रयोग हुने लागूऔषधमा ब्राउन सुगर सबै भन्दा कडा र  महङ्गो हुने बताइन्छ। पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.