Dashain Suvakamana

आजदेखि ईस्वी संवतको नयाँ वर्ष शुरु, विश्वभर यसरी स्वागत गरियो

Ajai

ईस्वी संवतको नयाँ वर्ष शुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

ईस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् । अङ्ग्रेजी नयाँ वर्ष पहिलोपटक किरिबाटीमा प्रवेश गरेको थियो । त्यसपछि न्युजिल्यान्डमा नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको थियो । अकल्याण्डको स्काई टावरमा शानदार आतिशबाजी गरियो ।

अस्ट्रेलिया र जापानमा पनि नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको छ । मध्यरातमा आतिशबाजी गरियो र मानिसहरूले उत्सव मनाए। हेर्नुहोस् विश्वका विभिन्न स्थानमा नयाँ वर्षलाई स्वागत गर्दाको दृश्य :

new year 2024 (5)new year 2024 (10)new year 2024 (12)

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.