धनगढी। नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय गठन गरिएका छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डिलाराम आचार्यको नेतृत्वमा ११ जनालाई सचिवालय सदस्यको जिम्मेवारी तोकिएको हो।
सचिवालयमा नेता आचार्यसँगै स्थायी कमिटी सदस्य खगराज भट्ट, केन्द्रीय सदस्यहरू हरिराम ज्ञवाली, हेमराज भट्टराई, नेप बहादुर चौधरी, विरमान चौधरी, लक्ष्मणदत्त जोशी, विना मगर, त्रिलोचन भट्ट, शरदसिंह भण्डारी र प्रदेश अध्यक्ष पदेन अध्यक्ष हुने जनाइएको छ।
२०७८ फागुन १७ गते माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अधिवेशन भएको थियो। प्रदेश कमिटी निर्वाचित भएको दुई बर्षसम्म पनि प्रदेश सचिवालय गठन गर्न नसकेपछि केन्द्रले नै घोषणा गरेको हो।
प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समयदेखि सचिवालय गठन नभएको भन्दै अर्को व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा सचिवालय गठन गरिएको अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले जारी गरेको पत्रका उल्लेख गरिएको छ।