हिटर ताप्दा-ताप्दै निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु, श्रीमती बेहोस

धनगढी ।  चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। 

मङ्गलवार बिहान अबेरसम्म सुत्नुभएका बुबा आमा नउठेपछि छोरा बुहारीले  ढोका खोल्दा बुबा आमालाई बेहोस अवस्थामा फेला पारेपछि उहाँहरूलाई उपचारका लागि  धुलिखेल अस्पताल  ल्याइएको थियो ।

उपचारका क्रममा लामाको बिहान ९:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लामा दम्पतीले  हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.