कैलालीमा एकलाख पशुलाई खोरेतविरुद्धको खोप दिइयो

धनगढी । कैलालीमा खोरेत रोग नियन्त्रणका लागि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कैलालीले एक लाख जनावरलाई खोरेतविरुद्धको खोप लगाएको छ । जिल्लाभर अभियान संचालन गरि खुरफट्टा जनावरलाई खोरेतविरुद्धको खोप लगाईएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले जानकारी दिए । 

उनका अनुसार पहिलो चरणमा कैलाली जिल्लाका १३ स्थानीय तह धनगढी उपमहानगरमा ६ हजार ६ सय, गोदावरी नगरमा १० हजार, गौरीगंगामा १७ हजार, घोडाघोडीमा ७ हजार पशुलाई खोप लाएको हो। त्यस्तै, टीकापुरमा १० हजार, भजनी १० हजार, बर्दगोरीया ७ हजार, जोशीपुर ८ हजार, कैलारी १० हजार, मोहन्याल ४ हजार ६ सय, चुरेमा ६ हजार ६ सय, जानकी गाउँपालिकामा १० हजार गरी ९९ हजार ८ सय र गौशालाका अन्य २ सय पशु चौपायालाई खोप लगाएको कार्यालय प्रमुख अवस्थीले बताए । 

छ महिनापछि थप एक लाख पशुलाई खोप लगाउने कार्यक्रम रहेको उनको भनाई छ । खोरेत गाई, भैंसी, भेडा, बाख्रा, सुंगुर, बंगुर, बँदेल, हात्तीलगायत खुरफट्टा जंगली जनावरमा देखापर्ने भयानक सरुवा रोग हो । यो रोग नियन्त्रणका लागि गत वर्षपनि कैलालीमा २ लाख पशुलाई खोरेतविरुद्धको खोप लगाइएको थियो।

खोरेत रोग लाग्दा पशुचौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिजा र जिब्रोमा साना फोका आउने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले र्‍याल चुहिने, गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिनेजस्ता लक्षण देखापर्ने हुन्छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.