Dashain Suvakamana

रास्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमको सचिबमा नरदीप धामी

Ajai

धनगढी । रास्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमको सचिबमा नरदीप धामी चयन भएका छन् ।  केहिदिन अघि सचिब नन्दराज भट्टले  राजिनामा दिएपछि धनगढीमा आज सम्पन्न रास्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको ५ औ साधारणसभा बाट रिक्त रहेको उक्त पदमा अपाङ्गता उत्थान समाज कैलालीका अध्यक्ष नरदीप धामी चयन भएका हुन् ।

May be an image of 15 people and textयस्तै साधारणसभाबाट सहसचिवमा बौद्धिक अपाङ्गताका अभिभाबक निर्मला विष्टले जिम्मेवारी पाएका छन् । यस अघि एक कार्यक्रमकासाथ  सुदूरपश्चिम प्रदेश आन्तरिक मामला तथा कानून सचिब  बिश्वदीप बेस्राले साधारण सभाको उदघाटन गरेका थिए । रास्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष मान बहादुर साउदको अध्यक्षतामा आयोजित साधारणसभा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेशका प्रमुख हरिप्रसाद ज्ञवाली, वडा अध्यक्ष धर्मराज ओझा, महासंघका पुर्व अध्यक्ष हरु, अपाङ्गता अधिकारकर्मी र पत्रकारको सहभागिता रहेको थियो ।

उदघाटन कार्यक्रममा  बहिरा बिधार्थीहरुले नृत्य प्रस्तुत गरेको थिए भने ३ जना दृष्टिविहिन लाई सेतो छडि र युएनडीपी  प्रमुख बैजयन्ती गिरीले बैशाखी हस्तान्तरण गरेको थियो । May be an image of 9 people, violin, oboe, clarinet, harp, flute and text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.