Dashain Suvakamana

केपी ओली अछाम जानेवेला एमालेका स्थानीय नेता माओवादी प्रबेश

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका केन्द्रीयस्तरका नेताको महाकाली–मेची अभियान अछाममा पुग्नैलाग्दा अछाम एमालेका स्थानीय नेता कार्यकर्ता भने माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

एमालेको बैतडी झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा अभियान भोलि अछाम पुग्दैछ। यस अघि नै राष्ट्रिय युवा संघ पुर्ब अछाम जिल्ला सचिवालय सदस्य तथा नेकपा एमाले ढकारी गाउपालिका कमिटि सचिब स्थानिय तहको निर्वाचनमा ढकारी गाँउपालिका वडा नम्बर २ बाट निर्बाचित निबर्तमान वडाअध्यक्ष नकुल साँउदसहित सयौले नेकपा एमाले पार्टी परित्याग गरि नेपका माओबादि केन्द्रमा प्रबेश गरेका हुन।

अछाम जिल्ला नेता साउँद सहित एमाले परित्याग गरी माओवादी केन्द्रमा नव प्रबेशी कार्याकर्ताहरुलाई माओवादी स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेशसभासभा संसदीय दलका नेता खगराज भट्ट लगायतका माओवादी नेताहरुले पाटीमा स्वागत गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इञ्चार्ज ओमप्रकास पुनले सहजिकरण गरेको पार्टी प्रवेश स्वागत कार्यक्रममा केन्द्रीय नेता एवं सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट बहादुर साउँद, शंकर खड्का, मिनवहादुर कुँवर विश्वास लगायतका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरुले अविर माला लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा माओवादी प्रवेश गरेका नेता नकुल साँउदले आफुहरु कुनै लोभ प्रलोभनमा नभई सचेत विचारले जनताको सच्चा पाटी माओवादी रहेको आकंलन गरेर नेकपा माओवादीमा प्रबेश गरेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.