कञ्चनपुर । नेकपा माओवादी केन्द्र, एमाले र नेपाल कम्युनिष्ट पाटी(विप्लव)ले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने अराजक तत्वमाथि कार्बाहीको माग अघि सारेका छन । एमाले, माओवादी र नेकपा विप्लव कञ्चनपुरले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने अराजक तत्वमाथि कानुनी कार्बाहीको माग अघि सारेका हुन ।
शुक्रबार दिउँसो राप्रपा कञ्चनपुरका नेता कार्यकर्ताहरुले महेन्द्र राजाको ठाँउमा सहिद भीमदत्त पन्तको नामबाट भीमदत्त नगरपालिका सहित सालिक बनाएको भन्दै तोडफोड गरेका थिए । किसान क्रान्तिकारी नेता, भारतीय विस्तारवाद, तत्तकालिन निरङकुश राजतन्त्र सामु घुडा नटेकाका सहिद भीमदत्त पन्तको गर्भिलो ईतिहास रहेको जनाउँदै एमाले, माओवादी र विप्लवले जनताले फालिसकेको कथित राजावादी समुहको झुण्डले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको भन्दै कानुनी कार्बाहीको माग अघि सारेका छन ।
एमाले कावा अध्यक्ष लक्ष्मी बुढा,माओवादी जिल्ला संयोजक खेमराज पाण्डे र नेकपा विप्लव सचिव प्रकास सीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा सहिदको अबमुल्यन हुने गरी सालिक तोडफोड गर्ने सबै व्यक्तिमाथि कानुनी कार्बाहीको माग गर्दै तीनै दलले सहिदमाथि यसरी अपमान गर्ने कार्य बिरुद्धमा प्रतिवादको चेतावनी दिएका छन ।
नेकपा माओवादी, एमाले, विप्लव सहितका अन्य राजनीतिक दल, तिनका नेता कार्यकर्ता विभिन्न भातृ संघ संगठन, समाजिक संघ संस्थाहरुले यसरी किसान नेता भीमदत्त पन्तको सालिक तोड्ने कहिल्यै राजनेता बन्न नसक्ने जनाउँदै भत्र्सना जाहेर गरेका छन ।