काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
बैठकले पार्टी एकताका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । यादवका अनुसार एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महासचिव यादव र उपाध्यक्ष दुर्गा सोव रहनेछन् ।
एकता प्रक्रिया सुरु भएपनि माओवादी केन्द्रले विशेष महाधिवेशनबाट माओवादी केन्द्र फुर्को हटाएपछि पार्टी एकीकरण घोषणा हुने यादवले बताए । एकता गर्ने निर्णयसँगै ८ वर्षअघि माओवादी छाडेका बाबुरामलाई पुरानै घर फर्किन बाटो खुलेको छ ।