धनगढीनगरको कर आतंक: एकल महिलाको परिवार महिनौंदेखि त्रिपालमा

धनगढी । धनगढी उपमहानगरपालिकाभित्र अहिले सर्वसधारण जनता कर आतंकको त्रासमा बाँच्न बाध्य छन् । सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीले एकपछि अर्कोमा करको दायरा फराकिलो पारेर कडिकडाई गरेपछि सानोतिनो व्यपार व्यबसाय वा मजदूरी गरी खानेहरु सबैभन्दा बढी मारमा परेका हुन् ।

सानोतिनो काम गरी गुजरा चलाईरहेका सर्वसधारणहरु पछिल्लो समय दैनिकजसो कर तिर्न नसकेर व्यबसायबाट पलायन भएको गुनासो सामाजिक सञ्जालमा ब्यक्त गरिरहेका देखिन्छन । उसो त व्यपारीक पृष्ठभूमिका गोपाल हमाल स्वतन्त्ररुपमा (दलविहीन) नगरप्रमुख भएपछि कर आतंक मच्चिएको भन्नेहरुको पनि कमी छैन् । यसैक्रममा धनगढी उपमहानगर वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष बलवहादुर ऐरले स्थानीय बडहराका दुईजना विपन्न एकल महिलाले ओत लाग्न बनाउन लागेको आफ्नो घरलाई नगरपालिकाले प्रहरी लगाई रोकेकोप्रति गुनासो गरेका छन् ।

उनका अनुसार वडहरा रिङरोड नजिक सिजु चौधरीका तीन भाईको सगोलमा रहेको १२ धुर जमिनमा स–साना टीनका तीन टहरा बनाउन लाग्दा नगर प्रहरीले घर नक्सा पास गर्नुपर्ने र कर लाग्ने भन्दै काम रोकेको महिनौं बित्यो । गाउँ समाजमा लेबरी गरी बालबच्चा पाल्दै आएका उनीहरु इट्टाका टुक्राटुक्री बटुल्दै माटोको गारोमा टीनले छाउने जमर्काे गर्दा नगरप्रहरीले रोकेपछि बिचल्लीमा परेकाले केही रहात दिएर घर बनाउन दिनुपर्ने उनको भनाई छ ।

सिजु चौधरीले भने–‘नगरपालिका गएको, घर नक्सा पास गर्न र कर तिर्न कम्तिमा १५÷२० हजार लाग्ने भनेपछि रोक्यौं, त्यही पैसाले घर बनाउला सोचेको ।’ अहिले बालबच्चासहित तीन भाईका परिवार सोही ठाउँमा पाल रोकी बसेका छन् ।No photo description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.