सेती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण गरिने

धनगढी ।  सेती प्रादेशिक अस्पतालले अबदेखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँच निशूल्क गर्ने भएको छ। सेतीले सोमवार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धि निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) निःशुल्क गरिने जनाएको हो।

प्रदेश तथा सङ्घीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका विरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो। अस्पतालले जारी गरेको सूचनामा भनिएको छ–‘अस्पतालको सामाजिक सेवा एकाइ ९, कोठा नम्बर २४० बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ।’

सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा सहङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ। यसअघि अस्पतालले सिकलसेल परीक्षण गराउने विरामीबाट एक हजार शुल्क लिदै आएको थियो।May be an image of temple and text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.