
भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ। आईतबार भारतविरुद्ध ६ विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि हात पारेको हो।
कंगारु टिमका जितका नायक रहे, ट्रेभिस हेड। उनको शानदार शतकमा अष्ट्रेलियाले भारतलाई सहजै हराएको हो। हेडले १ सय ३५ रनको शानदार शतक बनाए। उनले १५ चौका र ४ छक्काको मदातले सो रन बनाएका हुन्। उनले चौथों विकेटका मार्नस लाबुसेनसँग मिलेर १ सय ९२ रनको साझेदारी गर्दै टिमको जित निश्चित गरेका थिए।
अहमदाबादमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १० विकेट गुमाएर २ सय ४० रन बनाएको थियो। केएल राहुलको ६६ रनको विराट कोहलीले ५४ रन बनाएका थिए। कप्तान रोहित शर्माले ४७, सुर्यकुमार यादवले १८, कुलदीप यादवले १०, सुभमन गिल र श्रेयश अय्यरले समान ४, रविन्द्र जडेजाले ९, मोहमद सामीले ६ र जसप्रीत बुम्राहाले १ रन बनाएका थिए । मोहमद सिराज ९ रनमा अविजित रहे।
अष्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट झारे। ग्लेन म्याक्सवेल र एडम जम्पाले समान एक एक रन बनाए। लिग चरणको खेलमा अष्ट्रेलियालाई पराजित गरेपनि नकआउट चरणमा भारतले जित निकाल्न सकेन। अष्ट्रेलियाले छैटौं पटक प्रतियोगिताको उपाधि जितेको हो । एकदिवसीय विश्वकपमा अष्ट्रेलिया सबैभन्दा सफल टिम हो।
