Dashain Suvakamana

अस्ट्रेलिया फाइनलमा, अब उपाधिका लागि भारतसँग भिड्ने

Ajai

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिका लागि घरेलु टिम भारत र अस्ट्रेलियाबीच भिडन्त हुने भएको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले भारतसँग आगामी आइतबार हुने फाइनलमा भेट पक्का गरेको हो।

यसअघि भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराएर फाइनलमा स्थान बनाएको थियो।बिहीबार दक्षिण अफ्रिकाले दिएको २१३ रनको सामान्य लक्ष्य भेट्टाउन अस्ट्रेलियालाई सजिलो भने भएन।

अस्ट्रेलियाले यो लक्ष्य ४७.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.