
अछाम । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
मृतक ४० वर्षीया उर्मिलाको टाउकाे र शरीरका विभिन्न भागमा चाेट लागेको भेटिएपछि थप अनुसन्धानका लागि श्रीमानलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
उर्मिलाका श्रीमान शेर भण्डारीले मदिरा सेवन गरेका थिए। उनले मदिरा सेवन गरि हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। महिलाको पोस्टमार्टम रिपोर्ट आउन बाकी रहेको छ।
