बैतडीमा २ जना मृत फेला

बैतडी । बैतडीमा आज मङ्गलवार दुई जना मृत फेला परेका छन् । मेलौली नगरपालिका–७ ओझागाउँका ३८ वर्षीय लोकेन्द्र ओझा र  डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् । 

सोमवार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। मेलौली नगरपालिका–७ मङ्गराउ भन्ने ठाउँमा सडकबाट तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ । ओझा अपाङ्गता भएका व्यक्ति हुन् । 

यस्तै सोमवार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडाकाे बाटोबाट तल मृत अवस्थामा फेला परेका हुन् । ऐरको शव आज बिहान फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.