Dashain Suvakamana

एक अर्ब रुपियाँ ठगेर सुनचाँदी व्यवसायी फरार

Ajai

बिर्तामोड। लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर बेपत्ता भएका छन् । 

सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दैआएका बिमलीबाट ठगिनेमा कन्काई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीदेखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाईसम्म ठगीमा पर्नुभएको छ । जनप्रतिनिधि हुनुभन्दा अघिदेखि कारोबार गर्दैआएकाले आफूहरु ठगिएको जनप्रतिनिधिको गुनासो छ । नवराज बिमली कात्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारसहित बेपत्ता भएको पीडितको गुनासो छ । उनीहरुबाट पीडित हुनेहरुले हालसम्म ७० हजार रुपियाँदेखि १ करोड १३ लाखसम्म ठगिएको बताएका छन् । 

सबै जनाले आफूहरु ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वार्ड कार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन् । आफूहरु ठगिएको भन्दै हेमु बिमलीपीडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन् । झापा गाउँपालिका वडानम्बर ६ का पूर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजबिन समिति गठन गरिएको छ । हालसम्म आधिकारिक रुपमा २७ करोड रुपियाँको प्रमाणसहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताए । 

यता कनकाई नगरपालिका ३ का वडाध्यक्ष युजराज चम्लागाईले भने बिमली दसैंलगत्तै सम्पर्क बाहिर रहेकाले उनको खोजबिनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताए । यसअघि झापा गौरादहमा समेत अर्का एक सुनचाँदी व्यवसायी सर्वसाधारणको करोडौ रुपियाँ ठगी गरेर फरार भएका थिए । हाल उनीहरु दम्पती नै झापा जिल्ला कारागारमा  छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.