कैलाली जिल्ला प्रहरीको थुनामा रहेका कृष्ण सेट्टीको मृत्यु

धनगढी । कैलाली जिल्ला प्रहरीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार थुनामा रहेका कृष्ण सेट्टीको मृत्यु भएको हो। 

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्यार गरेको अभियोगमा उनी पक्राउ परेका थिए।  प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको मृत्युको कारण खुलेको छैन। दाइ गणेश सेट्टीले बुधवार साँझ कृष्णको स्वास्थ्य राम्रो रहेको बताए। उनले भने, ‘आज बुहारीसहित आउदै थियौ। प्रहरीबाट फोन आयो। अस्पतालमा ल्याएको रहेछ। प्रहरीले के गरेको हो ? केही जानकारी भएन।’

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता चन्दका अनुसार सोमवार दिउसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेकासेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए। जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.