दशैं टिकाको तेस्रो दिन आज, टिका जमरा ग्रहण गर्ने क्रम जारी

धनगढी। दशैंको टिकाको तेस्रो दिन आज पनि मान्यजनबाट टिका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ । विजया दशमीका दिन मान्यजनबाट टिका ग्रहण गर्न नपाएकाहरूले टिका लगाइरहेका छन् ।

विशेष गरी विजया दशमीको दिन आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टिका लगाएपछि ससुराली, मावलीतर्फ टिका लगाउने गरिन्छ । विजया दशमीको दिनबाट सुरु भएको टिका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ ।

लामो समयसम्म भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरका रूपमा दशैंलाई लिने गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.